Sat. Apr 27th, 2024

काठमाडाैं । 
फिल्म ‘बोबी’को राजेश पायल राई र दीपा लामाको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत्मा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
वास्तविक जोडीको कथामा बनेको फिल्मको ‘आँखाको नानी’ बोलको गीतमा वास्तविक जोडी उमेश थापा र कविता गुरुङ फिचरिङमा रहेका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्  । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेकाे फिल्मकाे   स्क्रिप्ट नरेश भट्टराई र गिरीराज घिमिरेले लेखेका हुन् । यस फिल्ममा बिनिश शाहको सम्पादन रहेको छ ।
उमेश र कविताको साथमा बिजय लामा, रुबि राना शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरबीर पण्डित, रबि गिरी, शिशिर राण पनि यस फिल्म रहेका  छन् । फिल्म असार २९ गते प्रदर्शनको तयारीमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: