Sat. Apr 27th, 2024

काठमाडाैं । 
प्रशान्त ताम्राकार र अभिनेता सुशील सिटौला स्टारर फिल्म ‘रणवीर’ को अफिसियल रिलिज डेट घोषणा गरिएको छ । गोविन्दसिंह भण्डारीले आउँदो मङ्सिर १४ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको जानकारी दिएका छन् ।
एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको अब दुई गीतको मात्र छायांकन गर्न बाँकी रहेकाे पनि भण्डारीले बताए । यतिबेला यसको पोष्ट प्रोडक्सनको काम भइरहेको छ । सुशील र प्रशान्तसँगै फिल्ममा हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।
‘रणवीर’ मार्फत् शुभेच्छा खड्का र सुपष्पा भट्ट फिल्ममा डेब्यु गर्दैछन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निर्माण गरिरहेका छन् ।
महेश पौडेलको छायांकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

Leave a Reply

%d bloggers like this: