Sun. Apr 28th, 2024

काठमाडाैं ।
 राष्ट्रिय सभागृहमा बिहीबार ‘दशौ डी सिने अवार्ड’ कार्यक्रम सम्पन्न भएकाे छ । छायाछवि क्रियशनको आयोजनामा भएको अवार्ड समारोहमा नायक अनमोल केसी र नायिका नीता ढुंगाना उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् ।
अवार्ड समारोहमा अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जितेका हुन् ।  योसँगै अनमोलले यो बर्ष दोश्रो पटक अवार्ड जितेका छन् । यस्तै, नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जितेकी छिन् । अवार्ड समारोहमा कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरिएकाे छ ।
यस्तै, नायिका मौसमी मल्ललाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कलाकारहरूको फितलो उपस्थिती रहेको अवार्ड समारोहमा विभिन्न २९ विधामा अवार्ड वितरण गरियो ।
कसले कुन विधामा अवार्ड पाए यसप्रकार रहेकाे छ :
उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्ड: मिलन चाम्स, चाम्स इन्टरटेन्मेन्ट, व्लाइण्ड रक्स
क्रिटिक्स अवार्ड: पुष्प खड्का, मंगलममंगलम
क्रिटिक्स अवार्ड निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
प्रोत्साहन अवार्ड: पुर्णेन्दु झा, संरक्षण

Leave a Reply

%d bloggers like this: