Thu. Mar 28th, 2024

काठमाडाैं । 
ओडिसी इन्टरटेन्मेन्टले दिएकाे जानकारी अनुसार  जेठ १२ गते शनिवार टुँडिखेलमा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको ‘दबंग : द टुर नेपाल’ फेरि स्थगित भएको छ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो समाचारकाे  जानकारी दिएको छ ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।
‘रेस ३’ रिलिजको संघारमा, ‘दशका दम’ को धमाधम चलिरहेको सुटिङ र चाँडै ‘भारत’ फिल्मको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेको खबर उक्त पेजमा दिइएकाे छ । ओडिसीले सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।
 

Leave a Reply

%d bloggers like this: