Fri. May 3rd, 2024

काठमाडौं ।
नेपाली चलचित्र ‘ चक्कर ‘ ले फिल्मकाे ट्रेलर सार्वजनिक गरेकाे छ । यस फिल्ममा   नायिका ऋचा शर्मा र नायक अर्पण थापालाई प्रहरीको भूमिकामा प्रस्तुत गरिएको छ। चक्करमा परेका फिल्मका कलाकारको ट्रेलरमा गतिविधिलाई समेटिएको छ ।
अनुष्क रौनियारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सिर्जना सुब्बा, स्मृति पोखरेल, एभोनराज उप्रेती, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेकाे छ । रविन आचार्य निर्माता रहेको फिल्ममा रविनकै छायांकन, संगम पन्त र पुष्पका पलाञ्चोकेको संगीत, अनुष्क रौनियारको सम्पादन रहेकाे छ । फिल्मकाे रिलिज मिति  साउन ४ गतेलार्इ तय गरिएकाे छ ।

Leave a Reply

%d bloggers like this: