Mon. May 6th, 2024

काठमाडाैं । 
रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोविरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ। घरेलु मैदानको अन्तिम ला लिगा खेलमा रियलकालागि ग्यारेथ बेलले दुई गोल गरे।
बेलले १३ औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। त्यस्तै चोटबाट फर्किएका इसकोले ३२ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए।
दोस्रो हाफमा अचरफ हकिमीले ५२ औं मिनेटमा गोल गर्दै रियलको अग्रता थप मजबुद बनाएका थिए। त्यस्तै ७४ औं मिनेटमा सर्जी गोमेजको आत्माघाती गोलले रियललाई अर्को गोल दिलायो। टोनी क्रुसले ८१ औं मिनेटमा रियलका लागि छैटौं गोल दिलाएका थिए।
यो जितसँगै रियल म्याड्रिडको अंक तालिकामा ७५ अंक भएको छ। रियल तेस्रो स्थानमा छ भने दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडले पनि समान ३७ खेल खेल्दै ७८ अंक बनाएको छ। चौथो स्थानको भ्यालेन्सियाको ७० अंक छ। अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई १-० ले तथा एथ्लेतिकोले गेटाफेलाई १-० ले पराजित गरेका थिए।

Leave a Reply

%d bloggers like this: