Sun. May 19th, 2024

काठमाडाैं । 
दिल्ली डियरडेभिल्सबाट इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्ने मौका पाए । उनले धेरै समयकाे प्रतिक्षापछि याे सुअवसर प्राप्त गरेका हुन् ।
आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट लिएका थिए । आईपीएलको डेब्यू खेलमै सन्दिपले विकेट लिएका थिए । ४ अाेभर बलिङ गर्न पाएका सन्दिपले राेयल च्यालेन्जर्स ब्याङलाेरका पार्थिव पटेललार्इ अाउट गराएका थिए ।
उनले शनिबारको खेलपछि माइकल क्लार्कसँग कुरा गर्दै र्आपीएलको अनुभवका बारेमा बताएका छन् ।सन्दीपले आफूले निकै मेहनत गरेर नै खेलेको र  याे खेलबाट धेरै सिक्न पाएको बताए । याे खेलबाट आफू सबैभन्दा खुशी भएको बताए ।
सन्दीपले आफूलाई आइपीएलमा समावेश गरेकोमा दिल्लीडेयरडेभिल्सलाई धन्यवाद पनि दिएका छन् ।

Leave a Reply

%d bloggers like this: