Sun. Apr 28th, 2024

यो बर्षकै बहुप्रतिक्षित फिल्म “ए मेरो हजुर २” पर्सि १६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुनै लाग्दा फिल्मको अग्रिम बूकिंग खुला गरिएको छ l बूकिंग को क्रम धमा धम भैरहेको र टिकेट तिब्र रुपमा गैरहेको हल व्यबस्थापन प्रबन्धकले जानकारी दिएका छन् lदेशभरका हलहरुले म्याक्सिमम शो फिल्म ए मेरो हजुर २ लाइ दिरहेका छन्,   हलिउड र बलिउड जस्ता फिल्म नेपालि फिल्म बजारमा रनिङ्ग भैरहेकै बेला नेपालि फिल्मले उच्च स्थान लिनु गर्वको कुरा हो यसबाट के पुष्टि हुन्छ भने नेपालि फिल्म पनि हालको अवस्थामा आएर एकदमै उच्च स्तरिय बन्न थालेका छन् l पछिल्ला दिनहरुमा बलिउड फिल्मलाई पछिपार्दै नेपालि फिल्मले बर्चस्व कायम गरेको छ l दर्शकको रोजाइमा परेको हाल को चलचित्र ए मेरो हजुर २ रहेको छ l ए मेरो हजुर २ ले नेपालि दर्शकलाई भरपुर मनोरंजन दिनेमा निर्माण पक्ष एकदमै आशाबादी रहेको छ l
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् भने निर्देशन झरना थापाको रहेको छ , फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।चलचित्रमा साम्राज्ञलक्ष्मी शाह र सलिन मान बानिया संगै सलोन बस्नेत , बुद्धि तामाङ, अनुभव रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिएका छन l चलचित्रले सुखद ब्यापार गर्नेमा कुनै दुइ मत रहेको छैन किनकी फिल्मको ट्रेलर र गीतको क्रेजले सम्भावना झल्काई सकेको छ l

Leave a Reply

%d bloggers like this: