Sun. May 5th, 2024

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको टिजरमा अभिनेता रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविचको द्धन्द्ध देखाइएको छ । ‘ऐश्वर्य’को लागि हुने द्धन्द्धले दर्शकको कौतुहलता अझ बढाएको छ । फिल्ममा नव–अभिनेत्री दीपिका प्रसाइ विकिनी अवतारमा हट देखिएकी छिन् । फिल्ममा केकी अधिकारी पनि छिन्, जसलाइ टिजरमा लुकाइएको छ ।
फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता हुन् ।
निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायांकन रहेको यो प्रतिक्षित फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । कलाकार रमेश उप्रेतीले फिल्मलाइ स्टाइलिस्ट बनाउन खोजिएको बताए । नेपाली सुन्दरतासँगै नेपालकै प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन् भनेर आफूहरुले देखाउन खोजेको बताए ।

Leave a Reply

%d bloggers like this: