Thu. Mar 28th, 2024
 भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘लिला’को   ट्रेलरले दुई दिनमा ३ लाख बढी ‘भ्यू’ पाएको छ । फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको छ।सार्वजनिक ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।
 ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताइएको छ।
 सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=PfMA5kUwiGQ

Leave a Reply

%d bloggers like this: