Sun. Apr 28th, 2024
नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । ट्रेलरमा पलको एंग्री लुक्स पनि देख्न सकिन्छ । ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल अभिनित तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रतिक्षित बनेको छ ।
 नितिन चन्दको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म ‘नाई नभन्नू ल ४’ मा अभिनय गरेका थिए । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाह जोनीको भूमिकामा छन् ।
 फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । फिल्म अल नेपाल भाद्र ३० गतेबाट देशका सम्पूर्ण हलहरुमा लाग्ने भएको छ।
https://www.youtube.com/watch?v=4IzTM5mYsyc

Leave a Reply

%d bloggers like this: