Wed. Apr 24th, 2024

एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको  चलचित्र रोमियो को  ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको छ ।चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो पहिले नै सार्वजनिक  भैसकेको छ । चलचित्रमा समावेश दोश्रो गीतको लिरिकल अडियो पनि यसको निर्माणपक्षले सार्वजनिक गरेको हो
कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द तथा संगीत छ । यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाइ नव-निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ ।
सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन् । फिल्म ’कात्तिक १७ गतेबाट अल नेपाल  रिलिज हुन लागेको छ ।

Leave a Reply

%d bloggers like this: