Fri. Apr 26th, 2024

आक्रामक ब्यापार गरिरहेको नेपाली फिल्म ‘प्रेमगीत २’ हेर्न चर्चित पत्रकार ऋषि धमला र बिवेकशील नेपाली पार्टीकी नेतृ रन्जु दर्शना हाँस्य कलाकार मनोज गजुरेल , किशोर थापा  ,आकाश अधिकारी लगायत बरिष्ट व्यक्ति हरु   हल मा पुगेर चलचित्र प्रेम गीत २ हेरेका थिए । फिल्म हेरे पछि फिल्म एकदमै  राम्रो बनेको र देश प्रतिको भावना जागेको बुद्ध लुम्बिनीमा जन्मेको प्रसङ्गलाइ  उठाएर विश्वलाई  देखाएको साथै नेपालको पर्यटन क्षेत्रलाइ पनि प्रमोट गरेको  उनीहरुले प्रतिक्रिया दिएका छन् । पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनीहरुले फिल्म उत्कृष्ट बनेको दाबि गरे ।प्रदिप खड्का र अश्लेषा ठकुरीको अभिनय रहेको फिल्मले पहिलो दिनमै एक करोड बढिको ब्यापार गरेको थियो। हाल यो फिल्म नेपाली सिनेमा घरहरुमा प्रर्दशन भइरहेको छ । सन्तोष सेनले निर्माण गरेको फिल्मको निर्देशन रामशरण पाठकले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: