Fri. May 3rd, 2024

ए मेरो हजुर २ का जोडी द्वय सलिन र साम्राज्ञीलाई दर्शकले एकदमै मनपराएका छन्  ए मेरो हजुर,किनी देउन शाइला दाइ बोलका गीत हिट भए पछी सलिन र साम्राज्ञी  दर्शको मनमा बस्न सफल भएका हुन्  फिल्मको प्रोमोले एकदमै उचाई पाए पछी अहिले फिल्म हलका पर्दामा ए मेरो हजुर  २ को प्रोमो प्रदर्शन हुन थालेको छ ।प्रोमो आउदा दर्शकले तालि, सिटी हुटिंग गरेर हल गुन्जाय मान बनाउन थाली सकेका छन् ।दर्शकको प्रतिक्षित फिल्म बनेको छ ए मेरो हजुर २ । फिल्म भाद्र १६ गते बाट अल नेपाल रिलिज हुदै छ ।
हिट फिल्म “ए मेरो हजुर” बाट नेपाली रजटपटमा नायिकाको रुपमा पाईला टेकेकी नायिका झरना थापा अहिले सोहि नामको चलचित्रबाट निर्देशनमा होमिएकी छिन्। “ए मेरो हजुर”मा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको थियो र अहिले सोहि चलचित्र कि नायिकाले अहिलेका युवापुस्तामा क्रेज रहेका कलाकारहरु साम्राज्ञी राज्य लक्ष्मी शाह, सलोन बस्नेत र नव नायक सलिन मान बनिया लाई फिचर गरेर “ए मेरो हजुर २” निर्माण गरेकी छिन्।
नायिका तथा निर्देशक झरना थापाले “ए मेरो हजुर २” राम्रो फिल्म बनेको बताएकि छिन। यो चलचित्र पहिलेको “ए मेरो हजुर” को सिक्वेल होईन भन्दै उनले थपिन “पहिले म र श्री दाईको जोडी लाई मन पराइदिनु भयो अब अवश्य पनि सलिन र साम्राज्ञीको जोडी हिट हुने छ।” चलचित्रका नायक सलिन् मान बनियाले भने “पहिलेको ए मेरो हजुर चलचित्रमा श्री दाई र झरना दि को अभिनय हेरेर आफुले गर्न सक्छु या सक्दिन भन्नेमा डर थीयो, तर जब छायाङ्कन सेटमा पुगे आँफैलाई हिम्मत आयो र फाइनल्ली सबै दर्शकले ट्रेलर र गीतलाई धेरै मन पराई दिनु भयो सोचे भन्दा बडी पाएको छु”। सोही चलचित्रमा अभिनय गरेका अर्का नायक सलोन बस्नेत ले “ए मेरो हजुर २” एउटा फरक प्रेम कथामा आधारित मनोरन्जनको फुल प्याकेज रहेको बताए। फिल्मका स्क्रिप्ट राइटर सामिप्य राज तिमिल्सिना हुन। सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस फिल्ममा कलाकार सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको प्रमुख अभिनय रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: