Mon. Apr 29th, 2024

प्रेमगीत २ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । बुकिङको पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड गरेको सिनेमाले दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ सिर्जना गर्न सक्यो ।एड्भान्स बुकिङमा प्रस्तुत उछालको प्रभाव सोज बढोत्तरीमा देखिएको छ । सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र १४ सोज उपलब्ध गराएको छ । पोखरामा मात्र क्यूएफएक्सले पाँच सोज दिएको छ । शनिबारसमेत बुकिङ उच्च छ । शनिबारका पाँच सोज सोल्डआउट हुन लागेको क्यूएफएक्स अफिसियल पोर्टलमा देख्न सकिन्छ । कुमारी, जयनेपाल, सेन्ट्रल, लाबिम हलका बिहानी, रात्री र दिवा सोजमा उच्च बुकिङ छ । ‘बुकिङको यो ट्रेन्डले आक्रामक ओपनिङको संकेत गर्छ’ निर्माता सन्तोष सेनले भने, ‘अपेक्षाभन्दा बढी दर्शकीय विश्वास र अपेक्षा एड्भान्स बुकिङमा देखियो ।’
क्यूएफएक्सले तीन सोज थपेर सोज संख्या १५ पुरयाएको छ । बिग मूभिजले चार, एफक्युबले चार, क्यूजले चार सोज दिएका छन् । मोफसल र काठमाडौंका एकल पर्दामा समेत दर्शकीय फुटफल उच्च अनुमान गरिएको छ ।आक्रामक बुकिङको नतिजा शुक्रबार हुने अकुपेन्सी एवं ओपनिङमा देखिने अनुमान छ । देशभर ८० पर्दाबाट रिलिज हुने प्रदीप खड्का स्टारर सिनेमाले यसअघि नै हाइप कमाइसकेको छ । रामशरण पाठक निर्देशित फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो ।

Leave a Reply

%d bloggers like this: