Wed. Apr 24th, 2024

फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । ‘अवेला’ बोलको आइटम गीतमा सृष्टि कार्कीले ठुम्का लगाएकी छिन् ।
एक बारमा खिचिएको गीत सँग-सँगै नव-नायक आशिरमाज देशराज श्रेष्ठको ‘ग्याङस्टार’ रुप पनि देखाइएको छ । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ ।
‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’ फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’ मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको छ ।

Leave a Reply

%d bloggers like this: