Fri. Apr 19th, 2024

विगत ३० बर्ष देखि रंगमंचमा  सक्रिय नाट्य सस्था रंग सारथीद्वारा तयार भएको लघु चलचित्र ‘सामान’ विद्यार्थी वर्गका लागि प्रदर्शन गर्ने क्रममा आज काष्ठमण्डप विद्यालयमा प्रदर्शन गरियो । स्कुलको शान्त बाताबरणमा गरिएको उक्त प्रदर्शनमा विद्यार्थी भाइ बहिनिहरु लगायत शिक्षक शिक्षिकाले फिल्म सामान  शुरु देखि अन्त सम्म एकोहोरो भै हेरी रहेका थिए । स्कुल कलेजलाई लक्षित गरि निर्माण गरिएको उक्त फिल्म सामाजिक शिक्षा विषयसँग सम्बन्धित रहेकोले मानव अधिकार र वैदेशिक रोजगारीको विषयलार्इ फिल्म द्वारा उठाउन खोजिएको छ । देशका सम्पूर्ण जिल्लाहरुमा पुर्याउने लक्ष्यका साथ काठमाडांै जिल्लाको मण्डीखाटारस्थित काष्ठमण्डप विद्यालयबाट स्कुल र कलेजमा फिल्मको देशव्यापी प्रदर्शन यात्रा शुरु भए लगतै क्रमश अन्य विद्यालयमा प्रदर्शन गर्ने निर्देशक विष्फोटले बताए।

विदेशबाट नेपाल शव ल्याइदा हुने झमेलालाई समेटेर तयार गरिएको फिल्म निर्माणको मुख्य उद्देश्य ओझेलमा रहेको विषयलाई राष्ट्रसंघ मानव अधिकारवादी संघसस्था तथा नेपाल सरकार र अन्य देशका सरकारहरुको गम्भीर ध्यान आकर्षण गराई त्यसलाई सम्बोधनको प्रयास गर्ने र त्यस भित्र रहेका समस्या चुनौती बारे नयाँ विश्वव्यापी बहस शुरु गराउने रहेको विष्फोटले दाबी गरे ।
फिल्ममा एसबी शाही, ज्योति रार्इ, शंकर मैनाली, रोहानी लामा, दिलिप खड्का, राज भट्टराई, सरस्वती अधिकारी, नरेश भुर्तेल, सरिता शाह, कृष्ण शर्मा, कमल गिरी रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा कुमार राज शर्मा रहेका छन् भने फिल्मको कथा र पटकथा निर्देशक बिजय बिष्फोट को रहेको छ ।

Leave a Reply

%d bloggers like this: