Fri. Apr 26th, 2024

एकपछि अर्को फिल्मको निर्माण घोषणा गरिरहेका निर्देशक मिलन चाम्सले फेरि नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।   गत वर्ष प्रदर्शन भएको मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को सफलता पछि उनि लगातार फिल्म घोषणा गरिरहेका छन् । चाम्सका ‘वीर विक्रम’ रिलिज भएपछि ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छन् । त्यस्तै ‘बब्बी’ नर्बेको सुटिङ पछि फिल्म युनिट पोखरामा सुटिङमै ब्यस्त छ । यसैबिचमा निर्देशक चाम्सले फेरि नयाँ फिल्म ‘लिलिबिली’ निर्माण घोषणा गरेका छन् ।फिल्मको नाम ‘लिलिबिली’ राखिएको छ  ‘लिलिबिली’ वर्किङ टाइटल हो ।  फिल्म ‘लिलिबिली’को सम्पुर्ण छायांकने लन्डन र स्कटल्यान्डमा हुनेछ भने, साढे दुई करोडको लगानीमा फिल्म बन्ने छ ।
गतवर्ष नेपालमा खिचिएको मार्भल स्टुडियोको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा खेलिसकेकी शिल्पा मास्के ‘लिलिबिली’ का लागि मुख्य भूमिकामा अनुवन्धित भएकी छिन्, भने अब एक नायिका र नायकको खोजीमा भैरहेको छ ।उनले अभिनेता र अभिनेत्रीमा खेल्न इच्छुकले आफूसँग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

फिल्म त्रिकोणात्मक प्रेमकथा मा आधारित रहने चाम्सले बताए । ‘उनले यसअघि पुरै छायांकन लन्डनमा भएको ह्याप्पी डेजलाई पनि यस्तै जानरामा प्रस्तुत गरेका थिए । मिलनको चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टले संयुक्त रुपमा फिल्म लिलिबिली बनाउने छन् ।

Leave a Reply

%d bloggers like this: