Thu. Mar 28th, 2024

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष “ए मेरो हजुर ” बोलको गीतले  ५० लाख भन्दा वढी  भ्युअर्स कलेक्सन गर्न  सफल भएको छ । शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ ।   साम्राज्ञी र सलिनको जोडीलाई एकदमै रुचाइएको छ । फिल्मप्रति दर्शकको प्रतिक्षा थप बढेको छ ।
नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्। फिल्मलाई सन्जय लामाले खिचिरहेका छन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। फिल्म भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: