Fri. Apr 26th, 2024

लामो समय देखी पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रवार दिउँसो ४ बजे आफू बस्दै आइरहेको कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको खबर पाइएको छ । अहिले उनको शरीर पोस्टमार्टमका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ ।
 ५३ वर्षिय पत्रकार शाक्यले आत्महत्या गर्नु अगाडि परिवारका लागि एक पत्र लेखेका छन् । तीन पान्ना लामो सुसाइड नोटमा उनले परिवारको इच्छा पूरा गर्न नसकेको लगायतका कुराहरु लेखेका छन् । पत्रकार शाक्यले फिल्म ‘ब्ल्याक डायरी’को कथा पनि लेखेका थिए । फिल्म ‘ब्ल्याक डायरी’का निर्माता अनोज अधिकारीका अनुसार, पत्रकार शाक्यको आत्महत्याको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाडौंको गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका शाक्य लामो समयदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका थिए । पत्रकार सविन शाक्य चलचित्र पत्रकार संघ, नेपालका पूर्व उपाध्यक्ष समेत थिए । चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार स्वं. सविन शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

%d bloggers like this: