Tue. May 7th, 2024

यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न चलचित्रले विभिन्न विधामा अवार्ड प्राप्त गरे यो बर्षको डी सिने अवार्डमा काफिया फिल्मद्वारा वितरण गरेको मुभीले धेरै विधामा अवार्ड हात पार्न सफल भएका छन् l काफिया फिल्मका संचालक गोबिन्द शाहीका अनुसार बक्स अफिस अवार्डबाट चलचित्र बिर बिक्रमले बेस्ट मुभी र बेस्ट डाइरेक्सनका साथै अन्य विधामा पनि अवार्ड पाउन सफल रह्यो , बेस्ट डाइरेक्टरको अवार्ड फिल्म बिर बिक्रम बाटै मिलन चाम्सले हात पारे l त्यस्तै गरि डी सिने अवार्डमा चलचित्र गाजलुले बेस्ट डाइरेक्सन र स्क्रिन प्ले साथै अन्य विधामा पनि कब्जा जमाउन सफल भयो l हेम राज बि सी ले चलचित्र गाजलुबाट बेस्ट डाइरेक्टरको अवार्ड पाउन सफल भए l

अवार्ड कार्यक्रममा सहभागी हुन नायक सरोज खनाल, आर्यन अधिकारी, केदार घिमिरे, जितु नेपाल, नायक, निर्माता तथा निर्देशक आकाश अधिकारीसँगै नायिकाहरु नीता ढुंगाना, अशिष्मा नकर्मी, सारिका घिमिरे, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतका दर्जन बढी चलचित्रकर्मी र पत्रकारहरु काठमाडौंबाट हेटौडा पुगेका थिए ।
कस-कसले उचाले अवार्ड ?
१) उत्कृष्ट एनिमेशन
द फेमश
२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र
२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

Leave a Reply

%d bloggers like this: