Fri. Apr 26th, 2024

बहुप्रतिक्षित चलचित्र सायद-२ को “पहिलो प्रेम” बोलको गीत सार्बजनिक भएको छ l उक्त गीतले नेपाली फिल्म बजारमा एकपटक धमाका मच्चाउने पक्का भएको छ l  भिडियोको क्वालिटी अन्तराष्ट्रिय स्तरको बनेकोमा कुनै दुइमत छैन l सुगम पोख्रेलको शब्द ,लय र संगीतमा तयार भएको उक्त गीतको भिडियोमा प्राकृतिक सौन्दर्यको महिमालाइ बडो कलात्मक ढंगले क्याप्चर गरिएको छ भने  नायक नायिकाको अभिनय र हिमालहरु  ,फूलहरुको बगैचा , निल गगन चुम्बी ताल जस्ता मनोरम दृश्यहरु कैद गरिएको छ  यसले  दर्शकको मन अबश्य छुनेछ l”पहिलो प्रेम” बोलको गीतलाइ प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्
सायद ,होस्टेल ’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ जसका निर्माता सुनिल रावल हुन् ।निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् ।उक्त चलचित्रमा पुष्पराज न्यौपानेको निर्देशन रहेको छ l राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

Leave a Reply

%d bloggers like this: