Sat. Apr 27th, 2024

बहुप्रतिक्षित  चलचित्र लाल्टिनले दर्शकहरुको प्रतिक्षाको घडी समाप्त पारी जेठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आएको  छ ।प्रदर्शन पश्चात फिल्मले दर्शकको मन जित्न सफल भएको  छ , देवकुमार श्रेष्ठ निर्देशित सिनेमा ‘लाल्टिन ’ विकेन्डको व्यापारिक रिपोर्ट पनि सार्वजनिक भएको छ । प्राप्त व्यापारिक रिपोर्टका अनुसार सिनेमाको यो कलेक्सनलाई निर्माता भानु प्रतापले सुखद रहेको भन्दै खुसि व्यक्त गरेका छन् ।सिनेमाले शुक्रबार १५ लाख ७ हजार ८ सय (काठमाडौँ), ९ लाख ८४ हजार (मोफसल) टोटल २४ लाख ९१ हजार ८ सय त्यस्तै शनिबार ३८ लाख ८२ हजार (काठमाडौँ), २२ लाख ४३ हजार (मोफसल) टोटल ६१ लाख २५ हजार र आइतबार २० लाख ८२ हजार (काठमाडौँ), १३ लाख ८८ हजार (मोफसल) टोटल ३४ लाख ७० हजार ग्रस कलेक्सन गरेको  वितरक गोपाल  कायस्थले   बताएका  छन् ।तिन दिनमा काठमाडौँ उपत्यकाबाट ७४ लाख ७३ हजार ३ रुपैयाँ र राजधानी बाहिर (मोफसल)बाट ४६ लाख १५ हजार ४ सय ७३ रुपैयाँ ग्रस कलेक्सन गर्दै सिनेमाले आफ्नो ग्रस कलेक्सन १ करोड २० लाख ८८ हजार ४ सय ७६ रुपैयाँ पुर्याएको छ ।सिनेमा देशभरका ८० पर्दामा प्रदर्शन भएको थियो । सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, भानु प्रताप लगायतको अभिनय छ  भने उक्त फिल्मले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।

Leave a Reply

%d bloggers like this: