Fri. Mar 29th, 2024

शुक्रबार देखि ऑल नेपाल रिलिज भएको चलचित्र हिटलरले शनिबार सुखद व्यापार गरेको छ। दर्शकहरुको माया पाएको उक्त चलचित्रले नेपाली बजारमा चलचित्रको हाईप निकै बढाएको छ। चलचित्रले आफ्नो २ गीत र ट्रेलर सार्वजनिक गरे यता दर्शकको मन जिती सकेको थियो । दर्शकले रारा लेकमा छायांकन गरिएको दृश्यलाई एकदमै तारिफ गरेका छन् l
चलचित्रको नामको कारणले बिबादमा आएको सो फिल्मले दर्शकहरुलाई मनोरंजन दि रहेको छ । चलचित्रको नाम र चलचित्रको कथा वस्तु कसरी जोडिएको होला भनेर पनि स्पस्ट परेको छ । चलचित्रमा प्रेम कथा , द्वन्द , हाँसो र पारिवारिक सम्बन्धको पनि निकै राम्रो मेल गरिएको छ । चलचित्रको कथा वस्तु नै निकै अब्बल रहेको हुनाले दर्शकहरुको मन खुशी बनाउन सफल भएको छ।
चलचित्र भित्र मिश्रण गरिएको खुराकहरुले नै दर्शकहरुलाई चलचित्र सुरु भए देखि अन्त्य सम्म बाधेर राखेको निर्देशकले जनाए। मेकिङमा समेत आफुहरुले कुनै किसिमको कम्प्रोमाइज नगरेको र सक्दो उत्कृष्ट चलचित्र निर्माण गरेर दर्शकहरु माझ पेश गर्ने प्रयास गरेको उनले उल्लेख गरे । यस्तै चलचित्रमा नेपालका रमणीय दृश्यहरु पनि समावेश छ जसले दर्शकहरुको ध्यान आकर्षण अवश्य पनि हुनेछ ।
अष्टनारायण पिक्चर्स र न्यु कृयटिव मोसन पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा सोहित र सामिया संगै मेनुका प्रधान , ए गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: