Fri. Apr 26th, 2024

जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हिटलर’को ट्रेलर रिलिज गरिएको छ ।आइतबार फिल्मको ट्रेलर रिलिज गरेको हो । फिल्मका दुई लिड कलाकार सोहित मानन्धर र सामिया बर्तौलाको प्रेम, रोमान्स र विछोडलाई ट्रेलरमा देखाइएको छ । त्यस्तै, मेनुका प्रधानको सस्पेन्स भूमिका र ए गुरुङको कमेडी संवादले ट्रेलरलाई झन स्वादिलो बनाएको छ ।
चिनिमाया मानन्धरको निर्माणमा तयार भएको यो फिल्मलाई अष्टनारायण पिक्चर्सले प्रस्तुत गरेको हो । फिल्ममा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।सौरभ ढकाल निर्देशित यो फिल्म अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा निर्माण भएको हो । नामकै कारण चर्चामा रहेको यो फिल्मको ‘मःम चाउमिन’ बोलको गीत हिट भैसकेको छ । ट्रेलर कमेडी शैलीमा प्रस्तुत भएको छ।
https://www.youtube.com/watch?v=JXAkSxTl6Qo

Leave a Reply

%d bloggers like this: