Mon. May 6th, 2024

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘भन्छु आजै’ बोलको गीतको भिडियो नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र‘म यस्तो गीत गाउँछु मा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ यो रोमान्टिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र पल शाहको प्रेम देख्न सकिन्छ । संजय लामाले खिचेको चलचित्रको गीतको दृश्य उत्कृष्ट छन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सुदर्शन थापा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्यूम डिजाइन चलचित्रमा छ ।
चलचित्रको यो गीतले दर्शकको ध्यान तान्ने पक्का छ । लभ स्टोरी चलचित्र निर्माण सुदर्शनको चर्चा नेपाली सिने वृत्तमा खुबै हुने गरेको छ । यो गीतको लोकेशन, पहिरन, गीतको भावले सुदर्शन फेरि अर्को मन छुने कथाका साथ दर्शकमाझ आएका छन् भन्ने अड्कल लगाउन सकिन्छ ।यस भिडियोमा अप्पर मुस्ताङमा खिचिएका दृश्यहरु निकै सुन्दर छन् ।

Leave a Reply

%d bloggers like this: