Fri. May 3rd, 2024

एक महिना अगाडि चलचित्र “लभ लभ लभ” निर्माण युनिटले ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’ अफर ल्याउँदै एक लाख रुपैयाँ उत्कृष्ठ प्रेम कथालाई दिने घोषणा गरेको थियो । चलचित्र ‘लभ लभ लभ’ले घोषणा गरेको उत्कृष्ठ प्रेम कथा पाटनकी एलिशा महर्जनले जितेकी छन् ।उनलाई उक्त रकम एक कार्यक्रमको आयोजना गरेर प्रदान समेत गरिएको छ । निर्मात्री शर्मिला पाण्डेले एलिशालाई एक लाख नगद प्रदान गरेकी थिइन् ।करिब डेढसय प्रेमकथा आएकोमा उनको कथा आफूलाई सबैभन्दा राम्रो लागेको निर्देशक दीपेन्द्र के खनालले बताए ।
निर्मात्री पाण्डेले योग्य प्रेम कथा आए त्यसलाई चलचित्र नै बनाउने घोषणा गरेकी थिइन् तर प्रेम कथा आएपनि चलचित्र नै बनाउने खालको भने नआएको स्पष्ट पारीन।दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’ यही वैशाख १ गतेबाट रिलिज हुँदैछ । लभ स्टोरी जानराको चलचित्र आम चलचित्रले उठाउँदै आएको भन्दा केही फरक रहेको निर्देशक खनालले बताउँदै आएका छन् । चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा छन् भने अग्रज कलाकार रमेश बुढाथोकी, देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

Leave a Reply

%d bloggers like this: