Sat. Apr 20th, 2024

निर्माता तथा निर्देशक मिलन चाम्प्सले मंगलबार प्रेसमिट गरी फेरी अर्को नयाँ चलचित्र’बब्बी”निर्माण गर्ने घोषणा गरेका छन् lचलचित्र बलैंड रक्स र ह्याप्पी डेजको पोस्ट प्रोडक्सन चलिराखेकै बेला चाम्सले चलचित्र बब्बी को घोषणा गरेका हुन् l चाम्सले पछिल्लो समयमा आएर नेपाली फिल्म बजारलाई उत्कृष्ट फिल्म दिदै आएका छन् l चलचित्र बिर बिक्रमको अपार सफलतापछि निर्देशक चाम्स धेरै बेस्त रहेका छन् भने नेपालि फिल्म बजारमा मुलधारलाई वास्तविकतासंग जोड्ने र नेपालि फिल्मलाइ बिदेशमा छायांकन गर्ने निर्देशकका रुपमा चिनिएका छन् l चलचित्र बब्बी मा उमेश थापा र कविता गुरुङको जोडीलाई पर्दामा उतारिएको छ l नर्वेमा बस्दै आयका उमेश र कविता चलचित्र बब्बीका मुख्य कलाकार हुन् भने चलचित्रको कथा यी दुइ जोडीको वास्तविक जीवनसंग मेल खाने सत्यघटनामा आधारित रहेको छ l चलचित्रको कथालाई संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् l चलचित्रको मुख्य थिम प्रेममा जातिय र बर्गीय द्वन्द्व खेपेको संघर्स्मय दुइ प्रेमी बिचकोको सामाजिक संदेश मुलक कहानी हो l अंग्रेजी ,नर्वियन सहित अन्य भाषाको उपशीर्षकमा रिलिज हुने उक्त चलचित्रको छायांकन जुन १७ देखि ओस्लोबाट हुनेछ l नेपालि फिल्मलाइ अन्तराष्ट्रियकरण गर्ने उदेश्यले यस्तो गर्नलागेको निर्देशक चाम्सले जानकारी दिए l चलचित्रको कलाकारहरुमा उमेश थापा ,कविता गुरुङ ,विजय लामा मुख्य भूमिकामा रहनेछन भने नवराज थापाको छायांकन ,तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जी सी को एडिटिंग रहनेछ l हाल भने चलचित्र बब्बी को कार्यशाला भैरहेको छ l

Leave a Reply

%d bloggers like this: