Mon. Apr 29th, 2024

आउँदो चैत ११ गते शुक्रबार रिलिज हुने ‘लप्पन छप्पन’ले ‘रन अन गन’ गीत सार्वजनिक गरेको छ। दयाहाङ राई तथा सौगात मल्ल स्टारर फिल्मको यस गीतमा सविन राईको स्वर रहेको छ।
गीतको शब्द तथा संगीत दिपक आर जे को हो।गीतमा संगीत संयोजन ‘द इलेक्ट्रा’को रहेको छ। मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगात तथा दयाहाङका अलावा अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय छ।
फिल्मका निर्माता डम्बर चन्द हुन्। ट्रेलरले राम्रो प्रतिक्रिया बटुलेका फिल्म दर्शकका लागि प्रतिक्षित बनेको छ।

Leave a Reply

%d bloggers like this: