Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “राधे” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा हामी एक्शनको साथमा हाम्रै नेपाली समाजको वास्तविक घटना क्रमलाई देख्न सक्छौ । सार्वजनिक ट्रेलर अनुसार चलचित्र निकै आकर्षक बनेको र दर्शकहरुको नजरमा बस्न सफल समेत रहने संकेत देखिन्छ । चलचित्रको एक गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ र दर्शकहरुले उक्त गीतलाई धेरै नै मनपराएको अवस्था पनि छ ।
radhe
सुशील पोखरेलको निर्माणमा तयार भएको चलचित्रमा निखिल उप्रेती , प्रियंका कार्की , अशिष्मा नकर्मी , प्रमोद अग्रहरी , शिशिर भण्डारी , सलोन बस्नेत लगायतका कलाकारहरु मुख्य भूमिकामा रहेका छन् । यस अघि नाम नखुलाईएको कलाकार सलोन बस्नेतलाई पनि चलचित्रको सार्वजनिक ट्रेलरमा देखाईएको छ । यस्तै चलचित्रको लेखन तथा निर्देशन जगदिश्वर थापाले गरेका हुन् । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन समावेश रहेको छ ।
radhe
चलचित्रको निर्माणमा आफुहरुले कुनै पनि किसिमको कन्जुसाई नगरेको र दर्शकहरुलाई उत्कृष्ट चलचित्र पेश गर्न खोजेको कुरा निर्माता सुशील पोखरेलले बताएका छन् । दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर चलचित्रको निर्माण गरिएको र दर्शकहरुलाई मनोरंजन प्रदान गर्नको लागि धेरै कुराको मिश्रण चलचित्रमा गरिएको उनले बताए । चलचित्र हेरेर दर्शकहरु निराश हुनु नपर्ने र चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले ब्यक्त गरे ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: