Thu. May 16th, 2024

मनोरंजनसंसार डटकम
नेपाली दर्शक माझ चाडै आउने तयारीमा रहेको चलचित्र “बटरफ्लाई” होली पर्वको अवसर पारेर नया गीत सार्वजनिक गरेको छ । गीत होली बिशेष नै रहेको हुनाले पनि यतिबेला सार्वजनिक भएको कुरा निर्माण पक्षेले बताएको छ । गीतमा हामी नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीलाई मस्ती गर्दै होली खेलेको हेर्न सक्छौ ।
सार्वजनिक “होली रे” बोलको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर , विकास चौधरीको संगीत र प्रमोद ढुङ्गानाको शब्द रहेको छ । चलचित्रमा आर्यन र प्रियंका संगै अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ । पुष्पाञ्जली अधिकारीको लगानीमा बनेको चलचित्रलाई सुरेश बज्राचार्यले खिचेको छन् भने ओमप्रतिकले निर्देशन गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: