Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र आफ्नो पहिलो टिजर सार्वजनिक गरेको चलचित्र “हिरोज” ले नया “पग्लु पग्लु” बोलको लीरिकल गीत सार्वजनिक गरेको छ । चलचित्रको प्रदर्शन मितिको बारेमा भने कुनै खुलासा गरिएको छैन । चलचित्रको सार्वजनिक टिजर हेर्दा नारी प्रधान युक्त कथाको साथमा प्रेमसम्बन्ध लगाएत धेरै कुराको सुन्दर मिश्रण गरिएको देखिन्छ । चलचित्रको गीत संगीत पनि निकै नै सशक्त रहेको देखिन्छ ।
जय लक्ष्मी फिल्म्स र लाईफ रेस मुभिजको प्रस्तुति रहेको चलचित्रमा मुकेश ढकाल , पुर्णिमा लामा , करिश्मा मानन्धर , सन्जोग राणा , दिनेश डी.सि , जय किसन बस्नेत , दिल कृष्ण श्रेष्ठ , राजन लामिछाने , सहिन प्रजापति , कमली वाईबा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सन्जोग राणाको कथा , शंकर महर्जनको द्वन्द , शिव ढकाल र रामशरण उप्रेतीको छायांकन र कृष्ण आचार्यको स्क्रिनप्ले समावेश रहेको छ । यस्तै चलचित्रका निर्माता तर्फ भने युवराज लामा , द पाल्म ग्रुप र सन्जोग राणा रहेका छन् । चलचित्रलाई निर्देशक एन.बि महर्जनले निर्देशन गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: