Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र “कथा काठमाडौँ” को निर्माण घोषणा भएको छ । चलचित्रको निर्देशन भीजे संगीता श्रेष्ठले गर्नेछिन् । लामो समय देखि टेलिभिजन कार्यक्रम मार्फत अधिकतम अनुभव बटुलिसकेकी उनले यस भन्दा अगाडी थुप्रै म्युजिक भिडियो र छोटो चलचित्र निर्देशन गरिसकेकी छिन् । यहि दौरानमा उनले अब भने ठुलो पर्दामा डेब्यु गर्दै काम गर्ने थालेकी हुन् । चलचित्र निर्माण घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई , चलचित्रमा अनुबन्दित कलाकारहरु र अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा बोल्दै निर्देशक संगीता श्रेष्ठले चलचित्रको निर्माण ३ फरक कथामा रहेर हुने बताएकी छिन् । यस्तै अहिले सम्म यस्तो चलचित्र सम्भवत नबनेको कुरा पनि उनले बताईन । यस्तै उनले चलचित्र युवा पुस्तामा केन्द्रित रहेर सबैलाई मनोरंजन प्रदान हुने हिसाबले बन्ने कुरा पनि बताईन । यस्तै चलचित्र लव स्टोरी बेसमा रहने र दर्शकहरुलाई मनोरंजन प्रदान हुने धेरै कुराको मिश्रण समेत हुने कुरा पनि उनले प्रष्ट पारिन ।
katha-ktm
आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रमा प्रियंका कार्की , आयुष्मान देसराज जोशी , प्रमोद अग्रहरी , सन्ध्या केसी , संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहने छ । चलचित्रमा लुजाओ विन्ङको छायांकन र विजय राईको लगानी रहने छ ।

Leave a Reply

%d bloggers like this: