Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बैशाख २२ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “ब्ल्याक डायरी” ले टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजर अनुसार चलचित्र युवा पुस्ताको कथामा केन्द्रित रहेको देखिन आउछ ।
सि.ए.टि भिजन प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा भुवन केसी , शुभेच्छा थापा , बालदीप राई , पवन कार्की , निकिता शाही , रमेश सिंह ठकुरी र पुजा भट्ट लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको कथा लेखन सबिन शाक्यले गरेका हुन् । यस्तै चलचित्रमा शेरबहादुर लामाको छायांकन , शंकर महर्जनको द्वन्द , राजु शाहको नृत्य र मनोज भण्डारी , रमन गायक र राज सगरको संगीत समावेश रहेको छ ।
चलचित्रको निर्देशन सुजन घिमिरेले गरेका छन् । यस्तै चलचित्रमा अनोज अधिकारीको लगानी रहेको छ ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: