Fri. May 17th, 2024

मनोरंजनसंसार डटकम
निर्माण बेला देखि नै चर्चामा रहेको चलचित्र “लप्पन छप्पन” अब भने प्रदर्शनको लागि तयार भएको छ । चलचित्र चैत्र ११ गते देखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुदैछ । यति बेला यस चलचित्रलाई सबैले बहुप्रतिक्षित चलचित्रको संज्ञा पनि दिएका छन् । ट्रेलर सार्वजनिक भए संगै दर्शकहरुको मनमा चलचित्रले एक किसिमको उत्सुकता उत्पन्न गराएको छ । यस्तै चलचित्रको मुख्य आकर्षणको केन्द्र बिन्दु भनेको कलाकारहरु पनि हुन् । चलचित्रमा अभिनय गरेका कलाकारहरु मध्य एक हुन् देवु श्रेष्ठ । यो नाममा धेरै कुरा लुकेको छ । यो नामलाई हामी एउटा मात्र उपाधि दिन सक्दैनौ । उनि एउटा कुशल गायक , कलाकार र निर्माता पनि हुन् । उनले यी विधाहरुमा आफुलाई सफल साबित गरिसकेका छन् ।
devu-shrestha
devu-shrestha
उनको बसाई विदेशको रहेको छ । धेरै बर्ष अगाडी जमिन नामक चलचित्रमा कोरस नृत्य देखि पर्दामा आएका उनको यात्रा आज “लप्पन छप्पन” सम्म पुगेको छ । उनले गीत संगीतको माया मोहले धेरै समय अगाडी “अमेजीङ” र “अपडेट” नामक दुई एल्बम समेत सार्वजनिक गरे । नेपाली गीत संगीतमा पनि राम्रो छाप उनले दर्शक श्रोताहरु माझ छोडे । यस्तै उनले त्यहि यात्राको दौरानमा नेपालको सर्भादिक सफल जगदम्बा सिमेन्टको बिज्ञापनमा अभिनय समेत गरे । त्यस पश्च्यात उनले फेरी चलचित्रमा आफुले प्रवेश गराए । उनले “सपनाको नौलो संसार” नामक चलचित्रमा केमियो रोले निभाउने मौका पाए । उक्त चलचित्रको सानो भूमिका देखि पनि उनि दर्शकहरुको नजरमा परे ।
devu-shrestha
devu-shrestha
नेपाली कला क्षत्रमा अनुभव बटुल्दै गर्दा उनले आफ्नो निर्माणमा चलचित्र “३ लभर्स” बनाए । चलचित्रमा उनले अभिनय पनि गरे । चलचित्रलाई दर्शकहरुले आत्मसाथ पनि गरे । चलचित्रबाट उनले धेरै हद सम्म प्रशंसा पनि पाए । उनले उक्त चलचित्रबाट ओएफए बेस्ट डेब्यु एक्टरको अवार्ड समेत हात पारे । यस्तै नेफ्टा अवार्डमा उनि नेगेटिव रोलबाट समेत मनोनित भए । उनको जानकारी अनुसार चलचित्र “एक्शन” र “गफै त हो नि सोल्टी” नामक चलचित्रमा उनले काम गरिसकेको छ जुन दर्शकहरु माझ आउन बाँकी नै छ । यसै गरि उनको कुशल अभिनय क्षमताको कारण नै उनलाई “लप्पन छप्पन” टिमले आफ्नो चलचित्रमा अनुबन्दित गर्यो । चलचित्रमा उनको मुख्य भूमिका रहेको छ । उनको अभिनयले धेरैको मन यस अघिका चलचित्रबाट नै जितीसकेको छ । तर यस चलचित्रमा भने उनको भूमिकामा फरक अनि लुक्स पनि केहि नया किसिमको रहेको उनले बताए । आफुले आफ्नो भूमिकालाई सक्दो न्याय गर्ने प्रयास गरेको र चलचित्र निकै राम्रो बनेको कुरा समेत उनले बताए । आगामी दिनहरुमा समेत यस क्षत्रमा नै रहेर धेरै राम्रा राम्रा चलचित्र दर्शकहरुलाई प्रस्तुत गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरे ।
devu-shrestha
devu-shrestha
उनको अभिनय प्रति चलचित्रका निर्देशक मुकुन्द भट्टले पनि तारिफ पेश गरेका छन् । उनको अनुसार देवु श्रेष्ठको चलचित्रमा मुख्य भूमिका रहेको र उनले उक्त भूमिकामा पूर्णतया न्याय गरेको बताए । उनको अभिनय र भूमिकाले चलचित्रलाई धेरै माथि उठाएको र अवश्य पनि दर्शकहरुले समेत उनको अभिनयलाई मनपराउनु हुने निर्देशक भट्टको भनाई रहेको छ । चलचित्र उत्कृष्ट बनाउनको लागि निर्देशक मुकुन्द भट्टको भूमिका पनि ठुलो रहेको छ । यस्तै उनले चलचित्रमा कहिँ कतै पनि कन्जुसाई नगरेको र दर्शकहरुलाई राम्रो कुरा प्रस्तुत गर्न खोजेको प्रष्ट पारेका छन् । चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने र कोहि पनि निराश भएर फर्किनु नपर्ने कुराको टिप्पणी उनले गरेका छन् ।
devu-shrestha
devu-shrestha
चलचित्रको बहुसंखिक भाग युरोपका प्रसिद्ध देशहरु बेल्जियम , स्विजरल्याण्ड , नेदरल्याण्ड , फ्रान्स , लग्जम्बर्गमा छायांकन गरिएको छ । यस्तै चलचित्रमा नया किसिमको एक्शनको प्रयोग समेत गरिएको छ जुन दर्शकहरुलाई औधि नै मनपर्ने पक्का नै छ । गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको कथा वस्तु ओस्कार कलेज अफ फिल्म स्टडिजबाट स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र प्रकाश जंग शाहद्वारा तयार पारिएको हो | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।

Leave a Reply

%d bloggers like this: