Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी पाँचौं इनास यूरोपस्तरीय नृत्य र दोश्रो यूरोपस्तरीय गायन प्रतियोगिताको नियम सार्वजनिक भए लगतै प्रतियोगीहरु उक्त प्रतियोगिताको लागि अडिसनको लागि आएका छन् । यसै अन्तर्गत बेल्जियमका बिभिन्न शहरबाट आएका कलाकारहरु बिच अडिसन कार्यक्रम गरी निर्त्य तर्फ दुई र गायन तर्फ दुई कलाकारलाई छनौट गरिएको छ। त्यहि अनुरुप छनौट हुनेहरुमा गायनतर्फ राजु थापा र अर्जुन शाहि(लाहुरे कान्छा) हुनुहुन्छ भने निर्त्यतर्फ सम्झना कार्कि र ज्योति भट्ट हुनुहुन्छ । अडिसन कार्य २ चरणमा सम्पन्न भएको थियो ।
inas-belgium
inas-belgium
प्रतियोगीहरुले पहिलो चरणमा लोक बिधामा र दोस्रो चरणमा आधुनिक बिधामा आफ्नो प्रस्तुति दिएका थिए । उपस्थित प्रतियोगीहरुको छनौट टोलीमा इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठ , बिनिता रिमाल र उपेन्द्र थापा रहनु भएको थियो । आउने अप्रिल १३ र १४ गते डेनमार्कको कोपेनहागनमा इनास युरोपस्तरीय एकल गायन तथा निर्त्य प्रतियोगिता हुन गईरहेको छ जसमा छनौट भएका कलाकारहरुले बेल्जियमको प्रतिनिधित्व गदै डेनर्माकमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन ।
inas-belgium
inas-belgium
यसै गरि इनासको छैटौ बैठकले पूर्ण कार्यसमितीको गठन गर्दै जिम्मेवारी बाडफाड समेत त्यहि कार्यक्रम बीच गरेको थियो। बैठकद्वारा गठन भएको पूर्ण कार्यसमिती यस प्रकार छ-
अध्यक्ष:श्याम श्रेष्ठ
उपाध्यक्ष: उपेन्द्र थापा
उपाध्यक्ष:टीका निरौला
महासचिब:बिनिता रिमाल
सचिब:क्रीषा शर्मा
कोषाध्यक्ष:नारायण मानन्धर
सदस्य: दिपक गिरी
सदस्य सन्तोष न्यौपाने
सदस्य:ज्योति भट्ट
सदस्य:सूर्यनारायण श्रेष्ठ
सदस्य:अनमोल चापागाइ
सदस्य:रफि शाह
सदस्य:राजु थापा
सदस्य:सनोज रिजाल
सदस्य:अर्जुन काफ्ले

Leave a Reply

%d bloggers like this: