Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “लप्पन छप्पन” को प्रचार प्रसार तीव्र हुदै गईरहेको छ । निर्माणको बेला देखि नै चर्चामा रहेको चलचित्रको ट्रेलर सार्वजनिक पछि अधिक चर्चा चुलियो । दर्शकहरुले ट्रेलरलाई धेरै नै मनपराएको पाइयो जसको कारण चलचित्रले निकै राम्रो सफलता हात पार्ने संकेत पनि देखिएको छ । चलचित्रको गीत संगीत पनि यस भित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले बताउदै आईरहेको छ । यस्तै चलचित्र भित्रको कथा वस्तु र प्रस्तुति र दृश्यांकन यी सबै कुराले चलचित्रलाई निकै राम्रो बनाएको छ ।
lappan-chappan
lappan-chappan
चलचित्रको बहुसंखिक भाग युरोपका प्रसिद्ध देशहरु बेल्जियम , स्विजरल्याण्ड , नेदरल्याण्ड , फ्रान्स , लग्जम्बर्गमा छायांकन गरिएको छ । यस्तै चलचित्रमा नया किसिमको एक्शनको प्रयोग समेत गरिएको छ जुन दर्शकहरुलाई औधि नै मनपर्ने पक्का नै छ । सार्वजनिक ट्रेलर संगै सामाजिक संजालमा चलचित्रको तारिफको बर्षा भयो । अधिकांशले अबको नेपाली चलचित्र जगतमा अधिकतम सम्भावना बोकेको चलचित्रको नाम “लप्पन छप्पन” लाई दिएको समेत पाईयो । यस्तै निर्माण पक्षेको अनुसार चलचित्रको कथा वस्तु निकै बलियो रहेको छ । यस हिसाबले पनि दर्शकहरुको ध्यान केन्द्रित हुन सक्नेमा निर्माण पक्षे निकै आशावादी रहेको देखिन्छ ।
lappan-chappan
lappan-chappan
चलचित्रका निर्देशन मुकुन्द भट्टले गरेका छन् । युवा निर्देशकका रुपमा परिचित उनले यस चलचित्रको लागि अधिक मेहेनत गरेको कुरा बताएका छन् । आफ्नो लामो समयको प्रोजेक्ट रहेको र यसमा आफुले कुनै पनि किसिमको कसर नछोडेको कुरा पनि उनले बताए । आफुले बटुलेको अनुभव र सबैको कुराको मिश्रण गरेर निकै नै राम्रो अनि मनोरंजननात्मक चलचित्र दर्शकहरुको माझमा लिएर आएको विश्वास समेत उनले ब्यक्त गरे । यस्तै चलचित्रका निर्माता डम्बर चन्दले पनि चलचित्रको निर्माणमा कुनै कन्जुसाई आफुहरुले नगरेको बताए । बिदेशको छायांकनमा पनि सबै कुराको पूर्ति गरिएको र कुनै कमि आफुले नगरेको कुरा उनले स्पष्ट पारेका छन् ।
lappan-chappan
lappan-chappan
सार्वजनिक भए संगै चलचित्रको ट्रेलर र गीतहरुले निकै चर्चा कमाईरहेको छ । अहिले दर्शकहरुलाई चलचित्रको निकै ठुलो पर्खाई समेत रहेको छ । चलचित्र सिनेमा घरमा रिलिज भएपछि के कस्तो जादु देखाउने हो कतिको मन जित्ने हो त्यो हेर्न भने प्रदर्शन मिति पर्खिनै पर्ने हुन्छ । चलचित्र चैत्र ११ गते देखि देशभरका हलहरु देखि एकैसाथ प्रदर्शनमा आउदै छ । गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको कथा वस्तु ओस्कार कलेज अफ फिल्म स्टडिजबाट स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र प्रकाश जंग शाहद्वारा तयार पारिएको हो | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: