Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
यतिबेला देशका संग संगै देश बाहिरका कलाकारहरु नेपाली गीत संगीतमा अग्रसर रहेको कुरा त सबैलाई थाहा नै छ । यहि अनुरुप रचनाकार गोबिन्द फुयाल पनि एक हुन् । उनि अमेरिकामा बसोबास गरिरहका छन् तर नेपाली गीत संगीतमा निरन्तर लागिपरिरहेका पनि छन् । आफ्नो नया एल्बमको तयारीमा अधिक ब्यस्त रहेका उनले यहि बिचमा आफ्नो एक गीत बाहिर सार्वजनिक गरेका छन् । उक्त गीत एल्बम भित्रको नरहेको तर पछि एल्बम भित्र नै समावेश गर्न सकिने कुरा पनि उनले बताए । “मेरो चितामा सम्मानको फूल नचडाउ” बोलको मार्मिक गीतमा शब्द उनको नै रहेको छ भने यसमा संगीत कर्मग्याल्छेन बम्जन र स्वर महेश सेवाको रहेको छ । यस्तै गीतमा संगीत सम्योजक नर्बु सेर्पाको रहेको छ भने मिक्सिंग, मास्टरिंग किशोर थापाको र रेकर्डिस्टमा पनि किशोर थापा र समीर शर्मा रहेका छन् । गीतलाई ए वन म्यूजिशन स्टुडियोमा रेकर्ड गरिएको हो ।
mahesh-sewa
बिशेष त रचनाकार गोबिन्द फुयाल भजन गीत तर्फ नै उन्मुख छन् तर उनले आधुनिक मार्मिक गीत तर्फ पनि आफ्नो कलम उत्तिकै चलाईरहेका छन् । अलि फरक शब्द रचनामा तयार भएको यस गीतको भाव नै यस गीतको मूल बिशेषता रहेको छ । मान्छेको जीवनको कुरालाई समेटेर तयार गरिएको गीतले हरेक व्यक्तिमा एक किसिमको भित्रि कुराको अनुभव समेत गराउने गर्दछ । यस्तै यस आफ्नो रचनाले नेपाली दर्शक श्रोताहरुको मन छुने विश्वास उनले व्यक्त गरेका छन् । लामो समयको नेपाली गीत संगीतको लगाव र मेहेनतलाई उनले यतिबेला भने सहि मार्ग दर्शन गरिरहेको अवस्था छ । आफ्नो आउदो एल्बमको बारेमा पनि उनले केहि जानकारी दिएका छन् ।
govinda-phuyel
उनको अनुसार यतिबेला गीतको २ वटा गीत रेकर्ड भैईसकेका छन् । यस्तै अब अरु गीतको तयारी पनि जोड तोडले भईरहेको उनको भनाई रहेको छ । विदेशको लामो बसाईको दौरानमा समेत नेपाली गीत संगीत प्रतिको माया मोहलाई छोड्न नसकेका उनले निरन्तर यसमा नै आफु अग्रसर भएर लाग्ने कुरा समेत बताएका छन् । यस्तै उनले आफ्नो नया एल्बम पनि केहि पृथक रहने र दर्शक श्रोताहरुले केहि फरक कुराको महसुस त्यसबाट लिन पाउनुहुने कुरा पनि स्पष्ट पारेका छन् । यस्तै उनले आफ्नो अहिलेको सार्वजनिक गीत हेरेर सुनेर मनमा लागेका प्रतिक्रिया आफुलाई प्रदान गरिदिनुहुन सबै दर्शकहरुलाई बिन्ति समेत गरेका छन् । यस्तै नेपाली गीत संगीतको उत्थान सबैबाट हुनु पर्ने मुल्य मान्यता राखेका उनले हामी जहाँ रहे पनि हाम्रो भाषा संस्कृतिलाई माया अनि सम्मान गर्दै यसको जगेर्ना गर्नुपर्छ भन्दै आफ्नो गीत संगीतहरु हेरेर सुनेर त्यहाँ भएका त्रुटीहरु आफुलाई जाहेर गरिदिनुहुन र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउनको लागि अधिक हौसला समेत प्रदान गरिदिनुहुन समस्त दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: