Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा यति बेला युवा पुस्ताको पकड बलियो देखिन्छ । देश भित्र मात्र नभएर देश बाहिर रहेका नेपाली युवाहरु पनि आफ्नो ठाउँ देखि नेपाली गीत संगीतमा सक्रिय रहेको देखिएको छ । यस्तै एक युवा गायक हुन् तुल साम्सोहाङ राई । उनले केहि समय अगाडी आफ्नो नया एल्बम निर्माणको कार्य थालनी गरेका थिए जसको काम धमाधम भईरहेको थियो । अब भने उक्त एल्बमको गीतको रेकर्डिङ कार्य सकिएको हो । “केवल तिम्रो साथमा” बोलको अन्तिम गीतको रेकर्डिङ कार्य समापन भए संगै एल्बमको रेकर्डिङ कार्य सकिएको हो ।
tul-samsuhang-rai
tul-samsuhang-rai
tul-samsuhang-rai
यस भन्दा अगाडिका उनको गीतको रेकर्डिङ कार्यको धेरै खबरहरु पनि बाहिर आइसकेको छ । उनको एल्बमको यस अन्तिम गीतमा शब्द विश्वास लामा संगीत प्रवेश राई र स्वर स्वयम गायक तुल साम्सोहाङ राईले दिएका छन् । उनको यस गीतलाई अरेन्ज गर्ने काम भने अशोक राईले गरेका छन् । अब एल्बमको काम करिव अन्तिम चरणमा नै पुगिसकेको छ । उनको अनुसार अब केहि समयको अन्तरलमा नै दर्शक श्रोताहरुको माझमा आफ्नो पहिलो एल्बम सार्वजनिक हुने उनले बताए । यस्तै यस एल्बममा सबै खालको गीत समावेश गरिएको र सबैलाई मनोरंजन प्रदान समेत गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।
tul-samsuhang-rai
tul-samsuhang-rai
उनि अमेरिकामा रहेता पनि त्यस ठाउँमा पनि नेपाली गीत संगीतको प्रवर्धनमा जुटेको देखिन्छ । त्यहाँ आयोजित अधिकतम संस्कृतिक कार्यक्रममा उनको उपस्थितिको साथमा दमदार प्रस्तुति पनि रहेको हुन्छ । उनले नेपाली सबैलाई त्यहाँ एक जुट बनाएर राख्ने काम समेत गरिरहेका छन् । उनको स्वरको जादुले धेरैको मन पनि छोएको छ । उनको प्रस्तुति हेर्न धेरै दर्शकहरुको त्यहाँ भिड लाग्ने गर्दछ । युवा गायको रुपमा आफुलाई परिचित गरेका उनले सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
tul-samsuhang-rai
बिदेशको त्यो ब्यस्त जीवनबाट पनि समय निकालेर नेपाली गीत संगीतमा खर्चिनु भनेको सानो कुरा भने पक्कै पनि होइन । लामो समयको अमेरिकाको बसाईमा समेत उनले नेपाली गीत संगीतको माया मोहलाई भने छोड्न सकेनन । त्यहि अनुरुप उनले आफ्नो पहिलो कोसेली दर्शक श्रोताहरुको लागि बाहिर लिएर आउने तयारीमा रहेका छन् । उनले आफुले पहिलो पल्ट प्रयास गरेता पनि यसमा धेरै कुराको मिश्रण आफुले गरेको र यसले सबैको मन छुने कुरामा उनि निकै आशावादी पनि छन् । यस्तै उनले आफ्नो पहिलो प्रस्तुति हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्न र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउनको लागि अधिक हौसला समेत प्रदान गरिदिनुहुनको लागि सम्पूर्ण दर्शकह श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् । यस्तै उनले हामीले आफ्नो कला संस्कृतिको आफ्नो ठाउँ देखि विकास अनि प्रवर्धन गर्नुपर्ने मान्यता राख्दै देशमा तथा बिदेशमा जहाँ रहे पनि नेपाली गीत संगीत र हाम्रो कला संस्कृतिलाई सधैब माया अनि सम्मान गरिदिनुहुन पनि सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

%d bloggers like this: