Fri. May 17th, 2024

मनोरंजनसंसार डटकम
नेपालको सुन्दर नगरी पोखरामा शनिवार नेपाली सेलिब्रेटीहरुको भिड लाग्यो । प्रशंग हो फेशन शो को जुन पोखरामा आयोजना भएको थियो जसमा नेपालका सेलिब्रेटीहरुले वाक गरेका थिए । सेन्ट्रल फेसन हवको प्रस्तुतीमा फेसन ट्रेन्डस् २०१७ को आयोजना भएको थियो जसमा सहभागी हुन राजधानी देखि धेरै कलाकारहरुको सवारी भएको थियो । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयो ।
navanit-raj-pradhan
navanit-raj-pradhan
navanit-raj-pradhan
अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला , नायिका नम्रता श्रेष्ठ , हर्षिका श्रेष्ठ , रिमा विश्वकर्मा , मरिस्का पोखरेल , आँचल शर्मा , मिस नेपाल अश्मी श्रेष्ठ , शुभेच्छा खड्का (मिस नेपाल इन्टरनेश्नल २०१२) लगायतले विभिन्न डिजाइनका पहिरणमा वाक गरे । मेल मोडलतर्फ नवनित राज प्रधान , निराजन लुईंटेल , मन्चिन शाक्य , अमृत ढुंगाना , अमित श्रेष्ठ , मिस नेपाल अर्थ रोशनी खत्री , मोडल रोशन श्रेष्ठ , मिस पुर्वाञ्चल कृतिका गिरी , पुर्वाञ्चल फस्ट रनरअप ईच्छा मादेन लगायतले वाक गरे ।
navanit-raj-pradhan
navanit-raj-pradhan
सेलिब्रेटीहरुको भिडमा एक व्यक्ति भने अलि बढी नै सबैको नजरमा पर्न सफल भए । उनको नाम हो नायक नवनित राज प्रधान । फेसन शो मा मोडलको हिसाबले उनको यात्रा निकै लामो समय देखिको हो भने यति बेला उनि नेपाली रजतपटमा समेत उदाउने क्रममा रहेका छन् । उनले डेब्यु गर्दै गरेको चलचित्र “यो साईनो मायाको” अब यहि चैत्र ४ गते देखि प्रदर्शन हुने तयारीमा रहेको छ । चलचित्रको यतिबेला प्रचार प्रसारको काम भईरहेको छ । नेपाली कला क्षत्रमा अधिक लगाव भएका उनको ब्यक्तित्वोको तारिफ यतिबेला सबैले गरिरहेका छन् । कार्यक्रममा उनको वाकले सबैलाई मक्ख पनि बनायो । सबैले उनको प्रशंसा समेत गरे । यस्तै उनले आफ्नो चलचित्रको बारेमा बोल्दै आफुले धेरै नै मेहेनत गरेको र दर्शकहरुलाई पूर्णतया खुशी पार्नुमा कुनै कसर नछोडेको कुरा मनोरंजन संसार डटकमलाई बताए । यस्तै उनले आफ्नो चलचित्र “यो साईनो मायाको” एकपल्ट हेरिदिन र आफ्नो प्रतिक्रिया राखिदिनुहुनको लागि समस्त दर्शकहरुलाई हृदय देखि नै अनुरोध समेत गरेका छन् ।
navanit-raj-pradhan
rima
harshika
aasmi

Leave a Reply

%d bloggers like this: