Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
प्रेमको नशाले पक्कै पनि सबैलाई छुन्छ र छोएको पनि छ । धेरै व्यक्तिहरु अझै भन्नु पर्दा आजको युवा पुस्ताको प्रेमको नशा त निकै अपार नै छ जस भित्र पसेर निस्किने सायेदै सम्भव होला । यस्तै प्रेमको नशामा यतिबेला डुबेका छन् नायक सबिन श्रेष्ठ र नायिका नम्रता योगी । उनीहरुको मायाको यति बेला कुनै सिमा नै छ । मायाको नशाले दुवै जनालाई लट्ठ पारेको छ ।
प्रशंग हो चलचित्र “नशा” को जुन यतिबेला छायांकनको अन्तिम चरणमा रहेको छ । केहि दिन अगाडी मात्र चलचित्र नशा युनिट ले कालिन्चोकको सुन्दर दृश्यहरुको बिचमा आफ्नो एउटा गीतको छायांकन सकेर राजधानी फर्किएको छ । त्यो चिसो अनि रंगिन वातावरणमा छायांकन गरिएको चलचित्रको गीतको दृश्य बाहिर आएको छ । चिसो मौसमलाई पनि सबिन र नम्रताले पार गरेर छायांकन सकेरै छोडे । गीतको छायांकन निकै राम्रो भएको जानकारी नृत्य निर्देशक रामजी लामिछानेले बताएका छन् ।
समिर मियानको निर्देशनमा तयार हुदै गरेको चलचित्रमा चन्द्रु चौधरीको लगानी रहेको छ । यस्तै चलचित्रको नामले नै प्रेमभावको अर्थ खोल्छ त्यस हिसाबले पनि चलचित्र प्रेमपूर्ण बनेको प्रष्ट हुन आउछ । चलचित्रमा हामी सबिन र नम्रताको प्रेमलाई नजिक देखि नियाल्ने मौका पाउनेछौ । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको प्रदर्शन अर्को बर्षको मध्यतिर हुनेछ ।

Leave a Reply

%d bloggers like this: