Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा युवा पुस्ताको प्रतिक बनेर आफुलाई अगाडी सारेका गायक यमन माझीको स्वरमा सजित “संगै ज्युने” बोलको नया गीत बाहिर सार्वजनिक भएको छ । कृष राज माझीको शब्द र गायक यमन माझीको स्वर संगीतमा सजिएको गीतको म्युजिक भिडियो पनि बाहिरिएको छ । उक्त म्युजिक भिडियोमा संकल्प श्रेष्ठ र बबी श्रेष्ठले अभिनय गरेका छन् जसलाई अर्जुन खड्काले निर्देशन गरेका छन् । यसको छायांकन पनि यमन माझीले नै गरेका हुन् । उसै पनि उनि बहुमुखी प्रतिभाको धनीको रुपमा स्थापित समेत भईसकेका छन् ।
yaman-majhi
सेन्टिमेन्टल शैलीको यस गीतमा प्रेमभावको कुराहरु महसुस हुन आउछ । लामो समयको नेपाली गीत संगीतको यात्रालाई उनले बिस्तारै नया रुप दिने क्रममा पनि रहेका छन् । पहिलेको भन्दा केहि फरक शैलीमा उनि प्रस्तुत हुने प्रयास पनि यति बेला गरिरहेका छन् । नेपाली गीत संगीतमा नै यति बेला अधिकतम ब्यस्त रहेका उनले आफ्नो थुप्रै नया प्रस्तुतिहरुको तयारी समेत गरिरहेका छन् । उक्त नया प्रस्तुतिहरु अब चाडै नै बाहिर आउने क्रमको रहेको कुराको जानकारी उनले दिएका छन् । नेपाली गीत संगीतमा नै केहि गर्छु भनेर लागिपरेका युवा कलाकार मध्य उनको नाम पनि रहेको छ । कहिले निराश नभएर निरन्तर अग्रसर भएर नेपाली गीत संगीतमा उनले आफ्नो यात्रा अगाडी बढाईरहेका छन् । उनको यस यात्रालाई नेपाली दर्शक श्रोताहरुले पनि उत्तिकै साथ दिइरहनु भएको छ ।
yaman-majhi
पहिलेको जस्तै आफ्नो यो नया सार्वजनिक नया प्रस्तुतिलाई समेत हेरेर सुनेर आफ्नो प्रतिक्रिया आफुलाई दिनुहुनको लागि दर्शक श्रोता माझ बिन्ति समेत बिसाएका छन् । यस्तै आफुले दर्शक श्रोताहरु देखि पाएको प्रतिक्रिया देखि नै आफुले आफ्नो प्रस्तुतिमा निखारता लिएर आउने प्रयास गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् । यस्तै आगामी दिनहरुमा समेत यो भन्दा अझै राम्रो प्रस्तुति बाहिर लिएर आउने र आफ्नो जीवन नेपाली गीत संगीतमा नै व्यतित गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: