Wed. May 15th, 2024

मनोरंजनसंसार डटकम
रामशरण पाठक पाठकले निर्देशनमा तयार हुदै गरेको चलचित्र “प्रेम गीत २” को छायांकन अब अन्तिम चरणमा पुगेको छ । चलचित्रले अधिकतम छायांकन सकेर अब अन्तिम छायांकनको तयारी गरिरहेको छ । त्यस अन्तिम छायांकनको भित्र चलचित्रको द्वन्दको दृश्य रहेको छ । त्यसको लागि नै यति बेला चलचित्रका नायक प्रदिप खड्का र अभिनेता तथा चलचित्रका निर्माता सन्तोष सेन फाईट प्रशिक्षण लिइरहेका छन् । अब चाडै नै यो बाँकी रहेको अन्तिम दृश्यको छायांकन हुने र यस संग संगै चलचित्रको छायांकन पनि पुरा हुने कुरा चलचित्र निर्माण पक्षेले जानकारी दिएको छ ।
prem-geet-2
चलचित्रले यस अघि नै नेपालका काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारा ताल लगाएतका ठाउँहरुमा छायांकन गरिसकेको छ । यस्तै चलचित्रले म्यानमार र थाइल्यान्डको छायाँकन पनि सकेर नेपाल आइसकेको छ । चलचित्रको यस किसिमको रोचक कुराहरुले यति बेला दर्शकहरुमा केहि आशा पनि पलाएको छ । अब भने नेपाली चलचित्रले केहि नयापन लिएर आउने कुरामा नेपाली दर्शकहरु यति बेला निकै आशावादी भएको अवस्था छ ।
prem-geet-2
यसै पनि चलचित्रको पहिलो भाग “प्रेम गीत” ले दर्शकहरुमा निकै नै राम्रो छाप छोडेको छ । त्यस बखतमा चलचित्रले सफल प्रदर्शनको साथमा धेरै दर्शकहरुको मन पनि जितेको थियो । चलचित्रमा प्रदिप संग नव नायिका अश्लेशा ठकुरी स्क्रिन शेयर गर्दैछिन् । यता चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र निकै नै राम्रो बनेको बताएका छन् । पहिलेको भन्दा पनि अझै धेरै रोमान्चक कुराहरुको मिश्रण चलचित्रमा आफुहरुले गरेको भनाई उनको रहेको छ । यस्तै चलचित्रबाट दर्शकहरुले भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।

Leave a Reply

%d bloggers like this: