Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
नायक आर्यन सिक्देलको नेपाली दर्शकहरुको माझमा राम्रै पहिचान रहेको छ । तर उनलाई दर्शकहरुले करिव १ बर्ष देखि पर्दामा हेर्न पाएका छैनन् । आखिर किन त यस्तो भनेर सबैलो मनमा चासोको बिषय पनि बनेको यो कुराको विभिन्न गसिप पनि नआएका भने होइनन । आर्यनले अब फिल्म नै पाउन छोडे लगाएतका अनेक कुराहरु बजारमा हल्ला पनि भएकै हो । उनले यो बिचको अन्तरालमा विदेशको स्टेज शो तिर व्यस्तै नै रहे ।
तर अब भने दर्शकहरुले उनलाई पुन पर्दामा हेर्न पाउनु हुनेछ । प्राप्त जानकारी अनुसार चलचित्र “पुनर्जन्म” निर्देशक साजन श्रेष्ठको उनको “ईण्डलेस लभ” नामक चलचित्र मार्फत फेरी टिमअप हुने भएको छ । उनले यस अघि पनि साजनको चलचित्र “पुनर्जन्म” मा मुख्य भूमिका निभाएका थिए । आर्यन अब चाडै नै “ईण्डलेस लभ” मार्फत पर्दामा आउन लागेको कुराको पुष्टि सामाजिक संजालमा सार्वजनिक एक तस्बिरले गर्दछ जसलाई निर्देशक साजन श्रेष्ठले पोस्ट गरेका हुन् । तस्बिरमा हामी दुवै जना संगै उभिएको र आर्यनको हातमा चलचित्रको स्क्रिप्ट रहेको देख्न सक्छौ ।
प्राप्त जानकारी अनुसार चलचित्रको चैत्र महिनाबाट छायांकन सुरु हुनेछ । चलचित्रको अरु कास्टको बारेमा भने कुनै पनि कुरा खुलासा गरिएको छैन । चलचित्रको एक लीरिकल गीत भ्यालेन्टाइनको छेको पारेर सार्वजनिक गरिसकिएको छ |

Leave a Reply

%d bloggers like this: