Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अन्तत चैत्र १८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पलाँस” को लीरिकल गीतको भिडियो सार्वजनिक भएको छ । “हेल्प लिन सक्छौ म बाट” बोलको गीतमा भावना रेग्मीको शब्द , अर्जुन पोखरेलको संगीत र सुगम पोखरेलको स्वर समावेश रहेको छ ।
यस्तै गीत सार्वजनिक भए संगै गीतको कवर गीत प्रतियोगिताको पनि घोषणा गरिएको छ । निर्माण पक्षेको अनुसार फाल्गुन ९ गते देखि चैत्र १५ गते सम्म यस गीतको कवर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर चलचित्र “पलाँस” को अफिसियल फेसबुक पेजमा पोष्ट गर्न सकिने र फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने कुरा बताईएको छ ।
यस्तै संकलन गरिएको सबै कवर गीतहरुबाट उत्कृष्ट ५ को छनोट गरिने र त्यस भित्रबाट नै उत्र्किष्ट १ को चयन गरिने कुरा पनि निर्माण पक्षेले बताएको छ । प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नुहुने जानकारी पनि निर्माण पक्षेले दिएको छ ।
निर्देशक सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा रेखा थापा, आयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको छ । चलचित्रको बजार वितरक जिम्मा भने गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: