Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “निर्भय” को नया गीत सार्वजनिक भएको छ । “मेरो हर सास मा” बोलको गीतमा शब्द रोजी लाबुङ राईको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र रजिना रिमालले आफ्नो स्वर भरेका छन् । सार्वजनिक गीतमा हामी निखिल र निताको प्रेमभाव देख्न सक्छौ ।
निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा निखिल र नीतासँगै प्रदिप ढकाल, विकास चापागाइं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारी लगायत अभिनयमा छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने देवीप्रसाद पाण्डे रहेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: