Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको विकास यति बेला निकै तीव्र गतिमा भईरहदा नया कलाकारहरुको आगमन पनि तीव्र नै छ । आजको दिनमा हेर्ने हो भने नयापन नेपाली गीत संगीतमा पक्कै पनि आएको छ । तर यो नयापन लिएर आउने कलाकार भने हामी संग कमै छन् । अहिले नेपाली गीत संगीतमा प्रवेश गर्ने कलाकारहरुको सुची धेरै नै लामो छ जो कि मात्र रहरले आएका छन् तर रहर इच्छाको साथमा उचित ज्ञान र अनुभवको साथमा आउने कलाकारहरुको पनि हामी माझ सुची रहेको छ । त्यहि सुची भित्र पर्न सफल एक नाम हो गायक , संगीतकार , कम्पोजर तथा संगीत प्रशिक्षक पुष्प गजमेर । यो नाम यति बेला नेपालमा भने नया नै हो तर अमेरिकामा भने यो नाम को धेरै नै चर्चा रहेको छ ।
pushpa-gajmer
यति धेरै कुरा गरिरहदा यो नामको इतिहास खोल्नु पनि जरुरी नै देखिन्छ । पुष्प गजमेर आफैमा एक बहुमुखी प्रतिभाको धनि जसले संगीतमा आफुलाई धेरै हद सम्म निखारिसकेका छन् तर उनमा घमण्ड पनि अलिकति पनि छैन । उनि अझै पनि आफु सिक्ने क्रममा नै रहेको बताउछन् । उनको नेपाली गीत संगीतको यात्रा आज २२ बर्ष नाग्यो । सानै देखिको नेपाली गीत संगीतमा लगाव र इच्छा तर उचित समय र धेरै कुराको कमिको कारण उनले आफ्नो यात्रालाई सहि दिशा निर्देश त्यो बेलामा गर्न सकेनन । धेरै गार्हो भयो त्यो समयलाई सम्हाल्न तर हार भने उनले पटक्कै पनि मानेनन् । उनको अनुसार उनले गीत संगीतको प्रेणाको श्रोता आफ्नो बुवा देखि पाएका हुन् । हर्क गजमेर उनको बुवा जसले मादल बजाउने र गाउने कलामा आफुलाई स्थापित समेत गरेका थिए । आज उहा हामी माझ हुनु हुन्न तर उहाको कला उहाको छोरा पुष्प गजमेरमा प्रष्ट देख्न सकिन्छ ।
बालापन रेफ्युजी क्याम्पको त्यो माहोलमा समेत उनले आफुलाई सक्दो संगीतमा डुबाए । त्यस अन्तर्गत उनले संगीतको ज्ञान गुरु किरण रसाईली देखि प्राप्त गरे । त्यस बखत उनले धेरै कुरा सिक्ने मौका पाए आफुले त्यसलाई प्रयोगमा पनि लिएर आए । त्यस पश्च्यात उनि भारतको मणिपुरमा टिचिङको लागि प्रस्थान गरे जहाँ उनले संगीतको शिक्षा समेत अरुलाई दिए | मणिपुरको बसाईमा समेत उनले गीत संगीतलाई अझै सशक्त रुपमा अगाडी लिएर गए । उनले त्यहाँ गुरु अरिबम उत्तम शर्मा संग ज्ञान हासिल गरे जसले उनको संगीतको यात्रालाई नया रुप पनि दियो । सानै देखिको उनको सांगीतिक यात्राले मणिपुर सम्म पुग्दा धेरै कुराको महसुस उनलाई गराईसकेको थियो जसलाई उनले नेपालमा आएर पनि अरुलाई प्रदान गरे । त्यसपछिको उनको यात्रा ७ समुन्द्र पारीको देश अमेरिका तर्फ लम्कियो । उनि देश छोडेर विदेश त लागे तर त्यहाँ पनि उनले नेपाली गीत संगीतमा आमुल परिवर्तनको सुरुवात गरे जो कि नेपालको लागि पनि गर्वको कुरा हो ।
pushpa-gajmer
अमेरिकामा उनले ब्ल्याक हक नामक कलेजमा प्रवेश गरे जसमा गीत संगीतको पनि राम्रो ज्ञान दिने गरिन्छ । उताको ज्ञानले उनको गीत संगीत यात्रामा नया आयाम थपिदियो । उनि पहिले भन्दा धेरै सक्षम पनि भए र नेपाली कला संस्कृतिलाई अगाडी बढाउनको लागि उनले आफ्नो पाईला अगाडी पनि बढाए । त्यहि अनुरुप उनले अमेरिकामा हिमालयन म्युजिक एकेडेमीको स्थापना गरे जसको संचालक र संस्थापक उनि स्वयम नै हुन् । यस एकेडेमीमा नेपाली गीत संगीतको बारेमा र नेपाली कला संस्कृतिको बारेमा उचित ज्ञान दिने कामको थालनी भयो । सुरुमा स्थापना हुदा के नै होला भनेर पनि धेरैले सोचे र भने पनि तर बिस्तारै त्यस एकेडेमीले नया रुप लियो । आजको दिनमा उक्त एकेडेमीमा नेपाली मात्र नभएर बिदेशी संगीत प्रेमी बिद्यार्थीहरु पनि रहेका छन् । उक्त एकेडेमीले नेपालीहरुलाई मात्र होइन बिदेशीहरुलाई समेत हाम्रो देशको कला संस्कृतिको बारेमा जागरुक गरेको छ । आज उक्त एकेडेमीमा गएर संगीत सिक्न धेरै व्यक्तिहरु उत्सुक छन् । बिदेशी भूमिमा समेत नेपाली कला संस्कृतिलाई समेत यसरी निरन्तर अगाडी बढाउनु सानो कुरा भने पक्कै पनि होइन ।
उनले अर्को कुराको पनि खुलासा गरेका छन् । प्रशंग फेरी पनि गीत संगीतको नै रहन जान्छ । तर यो खुलासा नेपाली र नेपालको लागि गर्वको कुरा हो । अमेरिकाको एक्रोन सहरमा सिम्फोनी अरकेष्टाको आयोजना भयो जसमा ड्रुप फिउजन ब्याण्ड र १५० जना अमेरिकन म्युजिसियनहरुको उपस्थिति रहेको थियो र जसमा पुष्प गजमेरले आफ्नो स्वरको जादु समेत चलाए । करिव ३ जोग अगाडीको हाम्रो स्रष्टाहरुले सोचेको त्यो सपना अहिले आएर पुष्प गजमेरले पुरा गरे । उनको यो कामको लागि उनले धेरै प्रशंसा समेत प्राप्त गरे । सबैको साथ माया अनि सम्मान उनले प्राप्त गरे । उनले अहिले सम्मकै नेपाली गीत संगीतको इतिहासमा यो नया काम गरेर देखाए जसले नेपाली गीत संगीतमा अर्को नया आयाम थपेको छ । त्यसपछिको उनको सांगीतिक यात्राले फेरी नया मोड लियो । उनको यति बेला नया एल्बमको काम भईरहेको छ ।
pushpa-gajmer
धेरै लामो समयको उनको एल्बम निर्माण गर्ने सोचले यति बेला भने सहि दिशा पाएको छ । अझै भन्नु पर्दा उनको मेहेनतले नया रंग लिएर आएको छ । उनले आफ्नो एल्बमको नामकरण समेत गरिसकेका छन् । “आवाज” नामक उनको निर्माण भईरहेको एल्बममा ६ वटा गीत समावेश रहेको छ जसमा उनको एकल स्वर संगीत र कम्पोजिसन समावेश रहेको छ । यस्तै उनको यस एल्बमका गीतहरु अरेन्ज गर्ने काम भने गोपाल रसाईली , चांद सिंह र सुमित विश्वकर्माले गरेका छन् । उनको अहिले यस एल्बमको गीतको रेकर्डिङ कार्य भईरहेको छ । उनको अनुसार दर्शक श्रोताहरुले उनको एल्बममा सबै खालको गीत हेर्न अनि सुन्न पाउनु हुनेछ । दर्शक श्रोताहरुले एल्बममा आधुनिक , लोक पोप र केहि वेस्टर्न टेस्ट रहेको गीत संगीतको पनि मजा लिन सक्नु हुने उनले उल्लेख गरेका छन् । यस्तै उनले दिएको जानकारी अनुसार उनको यस एल्बम आउदो मे महिनाको २० तारिकको दिन रिलिज हुनेछ । उनको आफ्नो हिमालयन म्युजिक एकेडेमीद्वारा आयोजित एक कार्यक्रम बीच उनले आफ्नो यस एल्बम सार्वजनिक गर्ने कुरा प्रष्ट पारेका छन् । उक्त कार्यक्रममा त्यसै एकेडेमीका बिद्यार्थीहरुले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
pushpa-gajmer
उनि वास्तवमै बहुमुखी प्रतिभाको धनि हुन् । उनि एक कुशल गायक , संगीतकार , कम्पोजर र संगीत प्रशिक्षक पनि हुन् । तर उनि आफुलाई आफ्नो हिसाबले भने संगीतकार र संगीत प्रशिक्षकको नाम दिन चाहनछन् । उनको प्रतिभा र उनि भित्रको कलाले यति बेला धेरैको मनमा राज गरिसकेको छ । उनको आफ्नो मात्र नभएर उनले संगीत भरेका र कम्पोज गरेका धेरै अरु कलाकारहरुको गीतहरु पनि अब आउने तयारीमा नै रहेका छन् । आफुले जति नै मेहेनत गरे पनि त्यसको सम्पूर्ण मुल्यांकनको जिम्मा भने उनले दर्शक श्रोतामा छोडेका छन् । दर्शक श्रोताहरुलाई भगवानको स्वरूप मानेका उनले आफु आजको यो स्थान सम्म आइपुग्नुमा उहाहरुको पनि ठुलो साथ रहेको बताएका छन् । जस्तो सुकै परिस्थिति समेत नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने उनले अबको आफ्नो सांगीतिक यात्रा निकै राम्रो हुने र दर्शक श्रोताहरुले राम्रो राम्रो गीत संगीत आफुबाट हेर्न अनि सुन्न पाउनुहुने प्रतिबध्ता उनले जाहेर गरेका छन् । उनले अझै पनि संगीत सिकिरहेका छन् | तसर्थ उनि आफुलाई अझै पनि बिद्यार्थीकै संज्ञा दिनछन् | यस्तै हाम्रो नेपाली गीत संगीतलाई नेपालमा मात्र नभएर बिदेशमा समेत छर्ने तथा यसको सधैब जगेर्ना गर्ने र आफुले सिकेको नेपाली गीत संगीतको साथमा वेस्टर्न गीत संगीत पनि हाम्रा नेपाली भाईबहिनीहरुलाई सिकाउने उनको चाहना र लक्ष्य समेत रहेको कुरा पनि उनले स्पष्ट पारेका छन् । यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन र सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहुनको लागि हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: