Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रमा यति बेला नया धेरै कलाकारहरुले डेब्यु गरिरहेको देखिएको छ र यो शिलशिला अहिले सम्म पनि रोकिएको भने छैन । प्रतिभा भएपछि चाहे कुनै पनि स्थरको मान्छे पनि किन नहोस उसलाई नेपाली चलचित्र क्षत्र र कला क्षत्रमा स्वागत सधै रहेको छ । यति बेला सरसर्ती हेर्ने हो भने पहिला देखि नै धेरै अरु क्षत्रका व्यक्तिहरु नेपाली चलचित्र क्षत्रमा आबद्ध रहेका छन् । त्यहि क्रमलाई निरन्तरता दिदै अहिले डेब्यु गर्ने कलाकारहरु पनि कति पय अरु क्षत्र संग जोडिएका छन् । यस्तै एक नव कलाकार हुन नवनित राज प्रधान जसले अब चैत्र ४ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “यो साईनो मायाको” देखि नेपाली रजतपटमा आफ्नो पाईला राख्दै छन् ।
navanit-raj-pradhan
पेशाले उनि बेंकिङ सेक्टरका कर्मचारी हुन् । तर उनमा अभिनयको कला भने धेरै नै भरिएको छ । उनले आफु भित्रको यो इच्छालाई अहिले आएर सहि रुप दिएका छन् । यस भन्दा अगाडी पनि उनले धेरै कुरामा आफुलाई अब्बल साबित गरिसकेका छन् । उनले बडीबिल्डिङको दुनियामा पनि आफुलाई परिचित गराईसकेका छन् । उनले २००९ मा मिस्टर बिराटनगर च्याम्पियनसिपमा फस्ट रनर अपको उपाधि समेत जितिसकेका छन् । यस्तै २०१० मा मिस्टर मोरङको सेकेन्ड रनर अपको उपाधि समेत उनले हात पारिसकेका छन् । त्यसको अलावा पनि उनले केहि म्युजिक भिडियोहरुमा पनि कुशल अभिनय गरिसकेका छन् ।
navanit-raaj-pradhan
यस्तै उनले बिराटनगरमा आयोजित र्याम्प शोहरुमा र धरानमा आयोजित एसडब्लु फेसन परेडमा समेत आफ्नो मोडलिङको जादु चलाईसकेका छन् । धेरै समय देखि मेहेनत गरेको र सहि मौकाको खोजि गरेको उनले बताएका छन् । अब आएर भने आफुले सहि मौका पाएको र आफु भित्रको अभिनयको प्रतिभालाई “यो साईनो मायाको” चलचित्रमा धेरै राम्रो संग देखाउने प्रयास गरेको समेत उनले बताए । आफुले यस चलचित्रमा पाएको पात्रलाई धेरै भन्दा धेरै आफुले न्याय गर्ने कोसिस गरेको कुरा पनि उनले स्पष्ट पारेका छन् ।
navanit-raj-pradhan
नेपाली चलचित्र जगतमा आफ्नो यात्रा सुरु भएको र अब आफु कहिले पनि पछि नहट्ने उनको भनाई रहेको छ । यो क्षत्रमा पनि केहि गरेर देखाउछु भन्ने हिसाबले आफु अगाडी बढेको र दर्शकहरुलाई निराश पार्ने काम आफुले कहिले पनि नगर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् । आफ्नो अभिनय हेरेर सहि ढंगले मुल्यांकन गरि त्यहाँ भएका कमि कमजोरीहरु औल्याएर सल्लहा सुझाबको साथमा आफुलाई अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: