Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
हाम्रो देश नेपालमा धेरै समुदायहरुको बसोबास छ । त्यस मध्य एक समुदाय हो “माझी” समुदाय । हो अब “माझी” समुदायको लागि एउटा खुशीको खबर छ । प्रशंग हो गीत संगीत को जसमा सबै जातजाति , भाषा , संस्कृति र समुदायको लागि धेरै ठाउँ छ । यति बेला “माझी” समुदायको “घाट पुजा” नामक पर्व नजिकिदै छ । यो पर्व “माझी” समुदायको लागि अत्ति नै महत्वोपूर्ण समेत मानिने गर्दछ । यस पर्वलाई “माझी” समुदायमा धुमधाम संग मनाउने गरिन्छ । सरसर्ती हेर्ने हो भने सबै समुदायको आफ्नै भाषा र संस्कृति हुन्छ जसको प्रवर्धन हुनु पनि जरुरी नै देखिन्छ । यहि हिसाबले “माझी” समुदायको पनि आफ्नो भाषा संस्कृति र रितिरिवाज रहेको छ जसको प्रवर्धन गर्ने काम यति बेला आफ्नो तरिकाले गायक यमन माझीले गरिरहेका छन् । उनको यो नाम यति बेला नौलो भने छैन । उनको नेपाली गीत संगीतको सक्रियेताले उनलाई सबैको माझमा परिचित गरिसकेको छ । तर नेपाली गीत संगीतको सक्रियेता संगै उनि धेरै पहिले देखि र अहिले पनि आफ्नो माझी समुदायको भाषा र संस्कृतिको विकास र प्रवर्धनको लागि पनि निरन्तर अग्रसर भएर लागिपरेका छन् ।
yaman-majhi
उनको यहि सक्रियेताको स्वरूप उनले आफ्नो समुदायको “घाट पुजा” नामक पर्वको अवसरमा यसै पर्व र आफ्नो समुदायलाई समर्पित “किदाले” बोलको लीरिकल गीत बाहिर सार्वजनिक गरेका छन् । “माझी” समुदायको भाषामा निर्माण गरिएको यस गीतमा “घाट पुजा” पर्वको बारेमा र “माझी” समुदायको बारेमा ब्याख्या विश्लेषण समेत गरिएको छ । यो कुरा पक्कै पनि “माझी” समुदायको लागि खुशीको खबर यति बेला मान्न सकिन्छ । गायक यमन माझीले आफ्नो समुदायको संस्कृतिको जगेर्नाको लागि पनि धेरै मेहेनत गरेका छन् । उनको उक्त मेहेनतले गर्दा नै आज “माझी” समुदायको नाम पनि बाहिर चम्किरहेको छ । एक हिसाबले भन्ने हो भने गायक यमन माझी यति बेला “माझी” समुदायको एक्लो “किङ” रुपमा स्थापित रहेका छन् । नेपाली गीत संगीतको सक्रियेता संगै आफ्नो समुदाय प्रति पनि उनि निकै सचेत रहेका छन् । उनको यो मेहेनत र योगदानले “माझी” समुदायको भाषा संस्कृति सधैब बाहिर आइनै रहने विश्वास उनले ब्यक्त गरेका छन् ।
yaman-majhi
उनि यति बेला नेपाली गीत संगीतमा निकै सशक्त भएर लागिपरेका छन् । उनले धेरै गीतहरु बाहिर सार्वजनिक भैईसकेका छन् भने त्यसले राम्रो चर्चा समेत बटुलिरहेका छन् । उनको अबको गीतहरु अझै राम्रो तरिकाले बाहिर आउने कुरा उनले बताएका छन् । त्यसको लागि यति बेला तयारी निकै राम्रो हिसाबले भईरहेको र अबको केहि समयमा नै दर्शक श्रोताहरुको लागि आफ्नो गीत सार्वजनिक गर्ने उनले प्रष्ट पारेका छन् । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने उनले यस क्षत्रमा धेरै नै अनुभव बटुलिसकेका छन् । तर उनले आफुले जति नै राम्रो काम गरेपनि त्यसको सहि मुल्यांकन कर्ता भने दर्शक श्रोता भने नेपाली दर्शक श्रोता नै रहेको उनको भनाई रहेको छ । त्यसैले पनि उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर सुनेर आफ्नो प्रतिक्रिया , सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत आफुलाई प्रदान गरिदिनुहुन र सधैब नेपाली गीत संगीतलाई माया र सम्मान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: