Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नायिका श्वेता खड्का चलचित्र “कोहिनुर” पछि पर्दामा आएकी छैनन कारण हो उनको श्रीमान अभिनेता श्री कृष्ण श्रेष्ठको निधन । उनको निधन भएपछि पत्नी श्वेता खड्का शोकमा डुबिन । अहिले धेरै लामो समय पछि उनि उक्त शोक देखि बाहिर आउने प्रयास गरिरहेका छिन् । उनि यति बेला विभिन्न कार्यक्रममा सहभागी हुनुको साथै अहिले उनले समाजसेवामा समेत आफ्नो हात बढाएकी छिन् । यस्तै अब भने दर्शकहरुले उनलाई फेरी पर्दामा हेर्ने मौका पाउनु हुने भएको छ ।
प्राप्त जानकारी अनुसार उनले आफ्नै निर्माणमा चलचित्र “कान्छी” बनाउने भएकी छिन् । केहि समय अगाडी उनको र दयाहाङ राईको जोडी एक साथ हेर्न पाउने हल्ला पनि चलेको हो तर चलचित्रको नाम भने खुलासा भएको थिएन । तर अब भने सबै पक्का भईसकेको छ । चलचित्र “कान्छी” मा श्वेताले नायक दयाहाङ संग स्क्रिन शेयर गर्ने पक्का भएको छ ।
यस्तै जानकारी अनुसार चलचित्रलाई “कोहिनुर” निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्ने भएका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन समावेश रहने छ । यस्तै चलचित्र जेठ देखि फ्लोरमा जाने कुरा समेत बताइएको छ ।

Leave a Reply

%d bloggers like this: